अमेरिकी राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेट
वाशिङ्टन डिसि । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शुक्रबार ह्वाट हाउसमा भेटवार्ता भएको छ । सो भेटले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित भ्रमणपूर्व दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन खोजिएको आशय प्रतिविम्बित टिप्पणी भएको छ ।
विश्वका दुई माहशक्ति राष्ट्रका नेताहरूले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्ने विश्वव्यापी आशंकाका बीच यो भेटलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।
ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रपति बाइडेनले संयुक्त राज्य अमेरिका र चीन दुवैले आपसी सम्बन्धमा प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक ढंगले व्यवस्थापन गर्न र सञ्चारको ढोका खुला राख्न आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
उनले संयुक्त राज्य अमेरिका र चीनले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेट दुई देशबीचको उच्चस्तरीय सम्पर्कको श्रृङ्खलामा सबैभन्दा पछिल्लो खुट्किलो हो । पछिल्लो समय दुई देशबीच बढ्दो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने सम्भावना खोजिरहेको देखिन्छ ।
राष्ट्रपति बाइडेन र मन्त्री वाङबीच ह्वाइट हाउसको रुजवेल्ट कक्षमा भएको सो भेटवार्तामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए । । प्रवक्ता जोन किर्बीले बताएअनुसार बाइडेनले बैठकलाई सकारात्मक भन्दै वार्ता जारी राख्ने राम्रो अवसरको रूपमा हेरेका छन् ।
यद्यपि, बेइजिङले अर्को महिना हुने वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका लागि सान फ्रान्सिस्को जाने वा नजाने बारे स्पष्ट पारेको छैन । यसअघि चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा अमेरिका–चीन सम्बन्धको प्रभावलाई उद्धृत गर्दै बेइजिङ वाशिङ्टनसँग मिलेर काम गर्न तयार रहेको बताए । उनले विभिन्नतालाई राम्ररी व्यवस्थापन गर्न, एकअर्काको प्रगतिमा योगदान पु¥याउन र साझा समृद्धिको दिशामा अघि बढ्न बेइजिङ तयार रहेको बताएको सिन्ह्वाले जनाएको छ ।
चीनका राष्ट्रपति सीले चीन ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत–जीत सहयोग’को तीन सिद्धान्तमा आधारित रहेर अमेरिकासँग काम गर्न इच्छुक रहेको बताए ।
‘विश्वका दुई ठूला देश चीन र संयुक्त राज्य अमेरिकाले राज्य–राज्य अन्तरक्रियाको सही मार्ग पत्ता लगाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा विश्व शान्ति, विकास र मानवजातिको भविष्यमा आधारित छ’, राष्ट्रपति सीले उल्लेख गरे ।
उनले भने, ‘पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोगका तीन सिद्धान्तमा आधारित पारस्परिक लाभकारी सहयोगलाई अगाडि बढाउन, भिन्नतालाई सही ढंगले व्यवस्थापन गर्न र विश्वव्यापी चुनौतीको सामना गर्न संयुक्त प्रयास गर्न चीनले अमेरिकी पक्षसँग मिलेर काम गर्न इच्छुक छ ।’
अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको वार्षिक गाला डिनरमा दिइएको बधाइ सन्देशमा राष्ट्रपति सीले दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग आदानप्रदानका लागि समितिको लामो समयदेखिको समर्पणको प्रशंसा गरेको पनि सिन्ह्वाले उल्लेख गरेको छ ।
दुई देशबीचको तनाव उच्च रहेको अवस्थामा मन्त्री वाङ वाशिङ्टन आउनु भएको हो । यस भ्रमणका क्रममा उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र पूर्वी र दक्षिण चीन समुन्द्रमा चीनको थप दृढतापूर्ण कारबाही लगायतका विषयमा पनि कुराकानी केन्द्रित भएको बताइएको छ । रासस/एएनआई
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया