अस्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
सिड्नी । अस्ट्रेलियामा ब्याजदर १२ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । उच्च मूल्यवृद्धि नियन्त्रण गर्न अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्ब बैंक अफ अस्ट्रेलियाले मंगलबार आफ्नो प्रमुख ब्याजदर बढाएको हो ।
केन्द्रीय बैंकले नगद दरलाई एक चौथाइ प्रतिशतले कडाइ गरेर चार दशमलव ३५ प्रतिशत बनाएको छ । यो सन् २०११ पछिको उच्च हो । गत सेप्टेम्बरमा केन्द्रीय बैंकको गभर्नर पद सम्हालेपछि मिसेल बुलको नेतृत्वमा ब्याजदर बढेको यो पहिलो पटक हो ।
अस्ट्रेलियामा मूल्यवृद्धि (मुद्रास्फीति)ले आफ्नो चरम सीमा पार गरिसकेको छ । केही महिनादेखि अस्ट्रेलियाको मुद्रास्फीति अपेक्षा गरिएभन्दा बढ्दो छ । गभर्नर बुलले मुद्रास्फीतिलाई निश्चित सीमाभित्र ल्याउन मौद्रिक नीतिलाई अझ कडा बनाउन आवश्यक भए नभएको आगामी दिन देखिने जोखिममा भर पर्ने बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
- विराटनगरको कवाडी पसलको आगलागीबाट तीनको मृत्यु, तीन जनाको उपचार हुँदै
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया