Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण कोरियामा २३, चीनमा शून्य संक्रमित

दक्षिण कोरियामा २३, चीनमा शून्य संक्रमित


सोल, जेठ ११
कोरोनाभाइरसको संक्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरि दिनप्रतिदिन संक्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १ सय ६५ जना संक्रमित भएका छन् भने २ सय ६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना संक्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ । दक्षिण कोरियामा संक्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । तर यता चीनमा भने आहिले एक जना पनि कोरोनाभाइरसबाट संक्रमित नभेटिएको अधिकारीहरुले जनाएका छन् । दुई जना भने शंकास्पद देखिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिएपनि अहिले ७९ जना संक्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९ सय ७१ जना संक्रमित भएका छन् भने ४ हजार ६ सय ३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । (रासस/एपी)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया