Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व अर्थतन्त्र थप खुम्चने प्रक्षेपण

विश्व अर्थतन्त्र थप खुम्चने प्रक्षेपण


न्युयोर्क । सन् २०२४ मा पनि विश्वको आर्थिक वृद्धि सुस्त रहने संयुक्त राष्ट्र संघले बताएको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै संयुक्त राष्ट्र संघले सन् २०२४मा आर्थिक वृद्धिदर दुई दशमलव चार प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । यो वृद्धिदर सन् २०२३को भन्दा पनि कम हो । सन् २०२३मा दुई दशमलमव सात प्रतिशत आर्थिक वृद्धि भएको छ ।

विश्वव्यापीरुपमा देखापरेको कमजोर व्यापारिक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, घट्दो लगानी दर तथा बढ्दो भू–राजनीतिक तनावले विश्वव्यापी आर्थिक वृद्धि संकुचित बन्दै गएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया