Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सियस पुग्यो

दिल्लीमा गर्मी बढ्यो, तापक्रम ४५ डिग्री सेल्सियस पुग्यो


भारत, जेठ १३
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा तापक्रम अत्यधिक बृद्धि भएकाले गर्मी बढेको छ । एएनआईका अनुसार भारतको मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार भारतमा पछिल्लो हप्ता तामक्रममा अत्यधिक बृद्धि हुदै आएको छ । सोमबार दिल्लीको तापक्रम ४५ डिग्रीसम्म पुगेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक गर्मीका कारण मानिसहरुले पानी धेरै पिउन थालेको, सितलता खोज्न थालेको, रुखको छहारीमा बस्ने गरेको पाइएको छ । त्यसैगरी जनावर तथा चराजुरुङ्गीले पनि गर्मी कम गर्नका लागि पानी र सितल खोज्ने गरेको अधिकारीहरुले बताएका छन् । मौसम विज्ञान विभागले आगामी चार दिन पनि यस्तै गर्मी कायमै रहने र तापक्रम थप बढ्नसक्ने अनुमान गरेको छ । विभागका अधिकारीहरुले आगामी केही दिन तापक्रम ४५ देखि ४६ डिग्री सेल्सीयससम्म पुग्नसक्ने बताएका हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया