Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइदमा भारतका सबैजसो मस्जिद बन्द

इदमा भारतका सबैजसो मस्जिद बन्द


नयाँ दिल्ली, जेठ १३
सोमबार मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द भएका छन् । भारतमा पनि बढ्दो कोरोना भाइरसको प्रकोपका कारण भारतले पनि गएको दुई महिनाभन्दा लामो समयदेखि लकडाउन गरेको छ । लकडाउनका कारण तथा यस प्रकोपको बढ्दो संक्रमणका कारण यहाँका मुस्लिम समुदायका नागरिकहरु आज मस्जिदमा भेला नभएका हुन् । नयाँ दिल्लीको सबैभन्दा ठूलो फेताहपुरी मस्जिद सोमबार बन्दाबन्दीको पालना गर्दै बन्द गरिएको जनाइएको छ । यसअघिका इदको समयमा हजारौँको भीड लाग्ने गरेको यस मस्जिदमा सोमबार कोही पनि उपस्थित नभएका हुन् ।

इस्लामिक धर्मावलम्बीहरुले एक महिनाको रमजान व्रतपछि इद उल फित्रको दिनमा उक्त ब्रतको समापन गर्ने गर्दछन् । यस दिन विश्वका मुस्लिम समुदायका नागरिकहरु मस्जिदमा जम्मा भएर इद मनाउने गर्दछन् । तर सोमबार भारतका प्रायः सबैजसो मस्जिदहरु बन्द रहेका बताइएको छ । यसवर्ष कोभिड १९को महामारीका कारण यसअघि महिनादिनदेखि जारी रहेको इदको अवसरमा पनि कसैलाई मस्जिदमा नजान र घरबाटै नमाज पढ्न भारत सरकारले आग्रह गरेको थियो । सरकारको सोही आदेश बमोजिम नै भारतका प्रायः सबैजसो मस्जिदमा इस्लाम धर्मावलम्बीहरु गएको महिना दिनसम्म र सोमबार पनि जम्मा नभएको बताइएको छ । रासस–एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया