Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु खुले

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु खुले


भारत, जेठ २७
गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु सोमबारदेखि खुलेका छन् । भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरु सोमबारदेखि खुला गरिएको बताइएको छ । नयाँ दिल्लीबाट प्राप्त समाचारमा त्यहाँको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरुका साथै साइबाबा मन्दिर र गुरुद्वारा पनि खुला गरिएको बताइएको छ । तर सोमबार बिहानै भने यहाँको जामा मस्जिदमा धेरै भक्तजनहरुको उपस्थिति भने नदेखिएको पनि सो समाचारमा जनाइएको छ ।

नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरु खुलेको भए पनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरु जम्मा भएका थिए । तर त्यहाँ पुगेकाहरुले भने आफूहरुले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए । ती मन्दिर तथा तीर्थस्थलहरुमा पुगेका नागरिकहरुलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाउन भनिएको थियो । उनीहरुलाई आवश्यक स्वास्थ्य मापदण्डहरु पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x