Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

महामारीका कारण ५१ प्रतिशत बंगलादेशी घरको कमाइ शून्य
ढाका, जेठ २९
विश्व महामारी कोरोनाभाइरसका कारण ५१ प्रतिशत बंगलादेशी घरको कमाइ शून्यमा झरेको एक अध्ययनले देखाएको छ । द डेलीस्टार अनलाइनका अनुसार ब्राकले गरेको अध्ययनले आयमा असर गर्दा यस्तो तथ्य देखिएको हो । उक्त अध्ययनको प्रतिवेदन मंगलबार सार्वजनिक भएको बताइएको छ । दैनिक आम्दानी गर्नेहरुको भने कमाइ पुनः सुरु हुनथालेको छ । यद्यपि घरपरिवारलाई सहयोगको आवश्यकता रहेको अध्ययनले देखाएको छ । विश्वकै ठूलो गैरसरकारी संस्थाले बंगलादेशमा कोरोनाबारे सचेतनाको अवस्था र आर्थिक प्रभावबारे अध्ययन गरेको थियो ।

अध्ययनमा २ हजार ३ सय १७ जनाले सहभागिता जनाएको बताइएको छ । जसमध्ये ६८ प्रतिशत ग्रामीण क्षेत्रका र ३२ प्रतिशत सहरी क्षेत्रका थिए । ६४ जिल्लामा गरिएको सर्वेक्षण मे ९ देखि १३ सम्म गरिएको थियो । अध्ययनअनुसार न्यून आम्दानदी गर्ने ६२ प्रतिशतले जागिर नै गुमाएको पाइएको छ । अध्ययनले आर्थिक पुनरुत्थानमा सरकारले अर्को योजना तत्कालै तर्जुमा गर्नुपर्ने सुझाव दिएको छ ।

अध्ययनमा सहभागी घरहरुको औसत कमाइ सार्वजनिक विदा घोषणाअघि २४ हजार ५ सय ६५ टाका रहेको बताइएको छ । तर मे महिनामा उक्त कमाइ ७ हजार ९६ टाकामा झरेको पाइएको छ । सहभागीमध्ये ८० प्रतिशत महिला प्रमुख रहेको घर र ७५ प्रतिशत पुरुष प्रमुख रहेको घरको कमाइ घटेको पनि पाइएको छ । महामारीकै कारण महिला हिंसा समेत बंगलादेशमा बढेको पाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया