Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट सुुरु हुने

ट्रम्पको चुनावी सभाहरु यसै महिनाबाट सुुरु हुने


वासिड.टन, जेठ २९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार सुरु गर्ने तयारी गरेका छन् । कोभिड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन् ।

उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरु विपक्षी पार्टी डेमोक्रेटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए । पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्रेटिक पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् ।

राष्ट्रपति ट्रम्पले बाइडेनविरुद्ध आक्रामक प्रचार अभियान थालनी गर्ने बताइसकेका छन् । हालै, अमेरिकी राज्यहरुले कोरोनाभाइरस प्रसार रोक्न जारी गरेका लकडाउन र अन्य नियमहरुका कारण मानिसलाई भेला हुन कठिन थियो । अमेरिकामा कोरोनाभाइरसका कारण एक लाख १० हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया