Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा व्यापारीहरुले थाले चिनियाँ वस्तु बहिष्कारको अभियान

भारतमा व्यापारीहरुले थाले चिनियाँ वस्तु बहिष्कारको अभियान


नयाँ दिल्ली, जेठ २९
भारतीय व्यापारीहरुले चीन र भारतबीच पछिल्लो समय चर्किएको सीमा विवादसँगै चिनियाँ वस्तु बहिष्कार अभियान थालेका छन् । भारतीय मिडियाहरुका अनुसार परम्परागत रुपले खुद्रा कारोबार गर्दै आएका व्यापारीहरुको मञ्च कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट)ले बुधबार चिनियाँ वस्तु बहिष्कार गर्ने घोषणा गरेको हो । उनीहरुले भारतीय सामान हाम्रो अभिमान नारासहित राष्ट्रिय अभियान सुरु गरेको नवभारत टाइम्सले जनाएको छ । यो संगठनमा आबद्ध व्यापारीहरुले सन् २०२१ को डिसेम्बरसम्म चीनमा बनेका वस्तु भारत आयातमा १ खर्ब भारु कम गर्ने लक्ष्य राखेका छन् । यो संगठनले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको आत्मनिर्भर भारतलाई सफल बनाउन यो कदम उपयोगी हुने जनाएको छ ।

संगठनका महासचिव प्रवीण खन्डेवालले दिल्लीमा एक भिडियो सम्मेलनमा यो अभियानको पहिलो चरणमा चीनमा बनेका ३ हजार वस्तुको सूची नै बनाइसकेको छ । जुन वस्तु हाल भारतमा आयात हुने गरेको छ । यी वस्तुहरु भारतमा समेत लामो समययता उत्पादन हुँदै आएका छन् । अभियान सफल पार्न संगठनले भारतीय व्यापारी र उपभोक्तालाई चेतना जागृत पार्ने बताएको छ । पहिलो चरणमा चीनबाट आयात हुने तयारी वस्तुको बहिष्कार गरिने निर्णय लिइएको हो । भारतले वर्षेनी चीनबाट ७० अर्ब अमेरिकी डलरको वस्तु आयात गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया