Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहजमा सीमित व्यक्ति मात्र उपस्थित हुने भनाइ

हजमा सीमित व्यक्ति मात्र उपस्थित हुने भनाइ


रियाद,  असार १०
साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ ।

एएनआईका अनुसार आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको सो हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको मङ्गलबार अल जाजिरा मिडियाले जनाएको छ । साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन् । यस पटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि उक्त साउदी अरेबियाली सरकारले यस्तो जानकारी गराएको हो ।

साउदी अरेबियाको हज मन्त्रालयले सो कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी मिडियाले जानकारी दिएका अल जाजिराले मङगलबार जनाएको समाचारमा उल्लेख छ । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरेर मात्र हिँड्नु पर्ने अवस्था रहेको छ ।

तर साउदी अरेबियामा लाखौँको संख्यामा विश्वका मुस्लिम समुदायका नागरिक आउने गरेका र उनीहरुकाबीचमा यस्तो सामाजिक दुरी पनि कायम गर्न गाह्रो पर्ने भएकोले यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ । हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन् । यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन् ।

त्यस अवसरमा विश्वका विभिन्न देशबाट पनि मुस्लिम समुदायमा नागरिक त्यहाँ पुग्ने गर्दछन् । त्यसैले यति ठूलो संख्याका मानिस उपस्थित हुँदा त्यसबाट पनि कारोना भाइरस फैलिन सक्ने भन्दै साउदी अरेबियाको सरकारले सो नियम बनाएको बताएको छ । साउदी अरेबियामा पनि ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ कम्तीमा पनि १ लाख ६० हजार मानिस यसका संक्रमित छन् । साथै यहाँका एक हजार ३०७ जना मानिसको यो संक्रमणबाट ज्यान गएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया