Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

स्वदेशी उत्पादन किन्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह


नयाँ दिल्ली, असार १५
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशी उत्पादनलाई प्रोत्साहन नागरिकहरुलाई आग्रह गरेका छन् । यसअघि पनि पटक पटक स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै आउनु भएका प्रधानमन्त्री मोदीले आइतबार फेरी दोहो-याएर स्वदेशी उत्पादन प्रयोगका लागि आग्रह गरेका हुन् ।

स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी देशभरी ‘भोकल फर लोकल’ अर्थात् स्थानीयलाई नै महत्व दिऔँ भन्ने अभियान चलाइएको पनि उनले बताए । स्थानीय तथा स्वदेशी उत्पादनलाई प्रयोग गर्ने प्रवृत्ति बढाउनासाथ राष्ट्रलाई बलियो बनाउन सजिलो हुने प्रधानमन्त्री मोदीको भनाइ छ । मासिक नियमित कार्यक्रम ‘मन की बात’को ६६ शृंखलाामा बोल्ने क्रममा उनले भने, ‘यदि तपाईले स्थानीय उत्पादनलाई जोड दिनुभयो भने देश बलियो हुनेछ ।’

भारतीय नागरिकहरु स्थानीयको आवाज बन्नु पर्नेमा प्रधानमन्त्री मोदीले जोड दिए । ‘स्वदेशी तथा स्थानीय उत्पादन किन्ने र प्रयोग गर्नेहरुले देश बलियो बनाउन योगदान गरिरहेका हुन्छन्’, उनको भनाइ थियो । स्वदेशी उत्पादनलाई प्रयोग र प्रोत्साहन गर्नु आफैमा राष्ट्र सेवा भएको प्रधानमन्त्री मोदीको व्याख्या छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया