Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्राजिलमा मास्क अनिवार्य नगरिने

ब्राजिलमा मास्क अनिवार्य नगरिने


रियो दि जेनेरियो, असार २२
ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनुपर्ने निमयको कार्यान्वयनमा कडाइ नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।

चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ, ‘व्यवसायीक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भिडभाड हुने क्षेत्रमा जादा वा रहदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।’

उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था संविधानविपरीत भएको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि हरेक सार्वजनिक क्षेत्रमा सम्बन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्वतः हटेको छ ।

ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट संक्रमितको कुल संख्या १५ लाखभन्दा बढी पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा संक्रमित भएका हुन् । त्यसैगरी ब्राजिलमा एकै दिनमा झण्डै एक हजार जनाको कोरोनाभाइरसका कारण मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमितहरुको संख्या ३७ हजार ९ सय २३ रहेको र मृत्यु भएकाहरुको संख्या एक हजार ९१ रहेको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया