Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी संक्रमित

कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी संक्रमित


काठमाडौं, असार २८
विश्वभर कोभिड–१९ बाट विश्वभर एक करोड २६ लाखभन्दा बढी संक्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस संक्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि संक्रमित रहेका छन् ।

विश्वमै सवैभन्दा धेरै संक्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट संक्रमितको संख्या अहिलेसम्मकै धेरै ६३ हजार ६ सय ४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरेको तथ्यांकमा उल्लेख छ । योसँगै अमेरिकामा शनिबारसम्म संक्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय ८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ संक्रमित ७ सय ७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६ सय ७१ कोभिड–१९ संक्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना संक्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५ सय २४ जनाको मृत्यु भएको छ । संक्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी संक्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६ सय ७४ व्यक्ति संक्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।

त्यसपछि बढी संक्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (संक्रमित सात लाख २० हजार ५ सय ४७ र मृत्यु ११ हजार २ सय ५), पेरू (संक्रमित तीन लाख १९ हजार ६ सय ४६ र मृत्यु ११ हजार ५ सय), चिली (संक्रमित तीन लाख ९ हजार २ सय ७४ र मृत्यु छ हजार ७ सय ८१) र स्पेनमा (संक्रमित तीन लाख ९ सय ८८ र मृत्यु २८ हजार ४ सय ८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x