चीन र रूसबीच व्यापारघाटा छ प्रतिशतले वृद्धि
बेइजिड., असार ३१
सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । यो कारोबार गत वर्षको सोही अवधिमा भएको कारोबार रकमभन्दा छ प्रतिशतले कमी हो । त्यस्तै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा रूसी सामानको चीन निर्यातमा ३७ अर्ब ६० करोड अमेरिकी डलर बराबर कमी आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतको गिरावट हो ।
तथ्यांकअनुसार विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीचको व्यापारिक कारोबार जुन महिनामा मात्र आठ अर्ब १९ करोड रहेको छ । जसमध्ये चीनले रूसमा तीन अर्ब ९८ करोड अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ भने रूसले चीनतर्फ चार अर्ब २० करोड डलर बराबरको सामान निर्यात गरेको देखिएको छ । सन् २०१९ को अन्त्यमा रूस र चीनबीचको व्यापारमा अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत अर्थात् एक खर्ब १० अर्ब अमेरिकी डलरले वृद्धि भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एमाले संसदीय दलको बैठक सुरु
- भिजिट भिसामा कुवेत पुर्याई बन्दक बनाएको आरोपमा दुई जना पक्राउ
- उच्च अदालत पाटन बाहिर कडा सुरक्षा
- सहकारी ठगी प्रकरण : नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन
- सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो
- १६ औँ योजना : २३ सय ५१ डलरको प्रतिव्यक्ति आय लक्ष्य
- ख्वप मिनिबस सेवा समितिको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर
- भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया