अमेरिकासँगको विवादका बीच इरानी राष्ट्रपति जापानमा

टोक्यो, पुस ६
अमेरिकासँग पछिल्लो समय कूटनीतिकरूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रौहानी जापान आइपुगेका छन् । राष्ट्रपति रौहानी शुक्रबार जापानको राजधानी टोकियो आएका हुन् । यस भ्रमणका बारेमा जापानी मिडियाले राष्ट्रपति रौहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति भएको समाचारमा जनाएका छन् । पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ । यस विवादका बीच पनि उनी निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा गएको अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन् ।
राष्ट्रपति रौहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता पनि भइसकेको बताइएको छ । उनी शुक्रबार टोकियो पुगेपछि रौहानीको सम्मानमा ‘गार्ड अफ अनर’ दिइएको थियो । त्यसपछि उनीहरुबीच शुक्रबार साँझ नै औपचारिक वार्ता र रात्रिभोज सम्पन्न भएको समाचारमा जनाइएको छ । तर द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारेमा भने केही नबताइएको राजधानी टोकियोबाट विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
उनको यो भ्रमण इरानमा गत महिना भएको ठूलो आन्तरिक आन्दोलनपछि भएकाले अर्थपूर्ण रूपमा हेरिएको छ । अधिकारीहरुका अनुसार इरान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा गत महिना व्यापक आन्दोलन भएको थियो । साथै केही समययतादेखि अमेरिकाले पनि इरानमाथि उसका आणविक कार्यक्रमका विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ । अमेरिकाको यो नाकाबन्दीले गर्दा इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारहरुले जनाएका छन् ।
इरानसँगको विश्वका ठूला शक्ति राष्ट्रहरुसमेतको संलग्नतामा भएको सम्झौताबाट पछि हटेर अमेरिकाले इरानमाथि यस्तो प्रतिबन्ध लगाएको छ । तर यसपटकको यो भ्रमण भने अमेरिकासँगको सो मुद्दाका विषयमा नरहेको इरानको स्पष्टोक्ति छ । इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग पछिल्लो समयमा जारी विवादास्पद मुद्दाका विषयमा कुनै पनि किसिमले सम्बन्धित नरहेको बताए । तर उनले यस भ्रमणको समयमा त्यस विषयमा कुनै कामकारबाही नहुने भए पनि जापानले आफ्ना विषयहरुमा अमेरिकासँग कुरा गर्ने र इरानसँग सद्भाव भने राख्ने गरेको जानकारी दिए । तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रहेर इरानको भ्रमण गरेका थिए । अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उनले इरानको भ्रमण गरेको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए । (रासस/सिन्ह्वा)
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया