Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोभिड १९ संंक्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो

भारतमा कोभिड १९ संंक्रमितको संख्या १५ लाख ८३ हजार नाघ्यो


नयाँ दिल्ली, साउन १६
भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख ८३ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार १ सय २३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ९ सय ६८ जना पुगेको छ । सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस संक्रमित मध्ये १० लाख २० हजार ५ सय २८ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख २८ हजार २४२ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबैभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यको रुपमा रहेको छ । महाराष्ट्रमा बुधबार एकै दिनमा नौ हजार २ सय ११ व्यक्ति थप संक्रमित भएका छन् भने एकै दिनमा २ सय ९८ जनाको मृत्यु भएको छ । महाराष्टमा कुल चार लाख ६५१ जना संक्रमित अवस्थामा रहेका छन् भने दुई लाख ७ सय ५५ जना निको भएर घर फर्किएका छन् । हाल महाराष्ट्रमा एक लाख ४६ हजार १ सय २९ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने । कोरोना संक्रमणको कारण हालसम्म १४ हजार ४ सय ६३ व्यक्तिको मृत्यु भइसकेको छ । (रासस/एएनआइ)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया