ट्रम्पले लगाए चिनियाँ टिकटक र विच्याटमाथि प्रतिबन्ध
अमेरिका, साउन २५
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार मात्र हस्ताक्षर गरेका थिए । त्यसको एकदिन पछि अमेरिकी विज्ञहरुबाट यो प्रतिक्रिया आएको सो समाचारमा उल्लेख छ ।
अमेरिकी सरकारले लगाएको यो प्रतिबन्ध आगामी ४५ दिनमा लागू हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यो कुराको जानकारी गराएका हुन् । अमेरिकाका राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि भन्दै यो प्रतिबन्ध अघि सार्नुभएको बताइएको थियो । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको कम्पनीका पनि सबै कारोबारमा नै प्रतिबन्ध लाग्ने बताइएको छ ।
यी एप्स्हरुले अमेरिकाको विदेश नीति, राष्ट्रिय सुरक्षा नीति र अमेरिकाको अर्थतन्त्रमा नै यी दुई कम्पनीका एप्सहरुले असर पार्न सक्ने देखेर यो प्रतिबन्ध लगाएको बताइएको थियो । यी एपहरुले संकलन गरिरहेका तथ्यांकहरुले अमेरिका नागरिकहरुको गोपनीयताको हकको उल्लंघन भएको पाइएको पनि राष्ट्रपति ट्रम्पको आरोप छ ।
तर पनि अमेरिकाका साइबर क्राइम सम्बन्धका विज्ञहरुले यी एप्सहरुको प्रतिबन्धले अमेरिकाका नागरिकको तथ्यांक संकलनको काम रोक्न त्यति ठूलो सहयोग नपु-याउने बताएका छन् । उनीहरुले अहिले अमेरिकीहरुले देखेको अमेरिकी साइबर सुरक्षाको खाँचोका लागि खासै ठूलो सहयोग नपु-याउने बताएका छन् । बरु यो विच्याटमाथिको प्रतिबन्धले अमेरिकीहरुलाई सञ्चार गर्ने काममा असजिलो बनाएको बताएका छन् ।
उनीहरुले भनेका छन् कि यो प्रतिबन्धले अमेरिकाले भने जस्तो यहाँका नागरिकको गोपनीयताको हनन् हुने काममा त्यति धेरै रोक्नै सक्दैन बरु अमेरिकामा रहेका चिनियाँ नागरिकबीचको सम्पर्क गर्न र अमेरिकाले चीनसँग गर्ने व्यावसायिक कामका लागि सम्पर्क गर्ने काममा पनि अप्ठेरो बनाउने ती विज्ञहरुले जानकारी दिएका छन् ।
अमेरिकाको सरकारले यी एप्स्माथि प्रतिबन्ध लगाउने कामका लागि दिएको आदेशमा अमेरिकाको सुरक्षाका लागि टिकटकका सञ्चालकविरुद्ध आवश्यक कदम चाल्नु पर्ने भएकोले यो गरिएको बताएका छन् । बिहीबार प्रतिबन्ध लगाइएका दुवै एप्स् अमेरिकाका लागि आगामी दिनका लागि पनि खतरा रहेको राष्ट्र्पति ट्रम्पले आफ्नो यो कार्यकारी आदेशमा भनेका छन् । उता यी एपका चीनका सञ्चालकहरुमाथि पनि उनीहरुको कारोबारमाथि प्रतिबन्ध लाग्ने भएकोले यसले दुई देशबीचको व्यापारिक सम्बन्धमा पनि असर गर्न सक्ने बताइएको छ । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पाठ्यक्रममै प्रविधिको विकास गरौँ
- पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम
- धरौटिमा छुटे दिपेश पुन
- अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
- नेपालमा अर्थतन्त्रका चुनौतीहरू
- भूकम्पका दश वर्ष पुनर्निर्माण अलपत्र
- प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
- लाभांश बाड्न नसक्ने अवस्थामा फाइनान्स कम्पनीहरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया