Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतको कुल ग्रार्हस्थ्य उत्पादनमा साढे १६ प्रतिशत गिरावट आउने प्रक्षेपण

भारतको कुल ग्रार्हस्थ्य उत्पादनमा साढे १६ प्रतिशत गिरावट आउने प्रक्षेपण


नयाँ दिल्ली, भदौ २
भारतीय स्टेट बैंक (एसबीआई)का अर्थशास्त्रीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा १६.५ प्रतिशतको गिरावट आउनसक्ने अनुमान गरेका छन् । भारतीय मिडियाहरुका अनुसार यसअघि पनि उनीहरुले रिपोर्ट तयार गर्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीडीपी २० प्रतिशतले घट्ने अनुमान गरेका थिए । तर त्यसलाई उनीहरुले संशोधन गरेको बताइएको छ ।

एसबीआईका अर्थशास्त्रीहरुले सोमबार यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् । भारतका केही वित्तीय र बाँकी गैरवित्तीय कम्पनीहरुले आर्थिक वर्ष २०२०/२०२१ मा आयमा गिरावट आए पनि आशा गरेभन्दा राम्रो भएको देखिएको छ । अहिलेसम्म करिब १ हजार सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासिकको वित्तीय परिणाम घोषणा गरिसकेका छन् । कम्पनीहरुको आयमा २५ प्रतिशतभन्दा धेरै गिरावट आएको तथा खुद आय लाभमा पनि ५५ प्रतिशतभन्दा कमी आएको पाइएको छ । यद्यपि कर्पोरेट जीबीएमा गिरावट केवल १४.१ प्रतिशत रहेको छ ।

रिपोर्टमा जिल्लाहरुको आफ्नो आफ्नो राज्याको कुल राज्य गार्हस्थ्य उत्पादन (जीएसडीपी)मा हिस्सेदारी करिब २ देखि ४ प्रतिशत छ । कोभिड १९ का कारण जीएसडीपीमा कुल १६.८ प्रतिशतको नोक्सानी हुने देखिएको हो । यसअनुसार कुल भारतीय जीडीपी घट्नुमा ठूला १० राज्यको हिस्सेदारी ७३.८ प्रतिशत हुन आउँछ । यसमा महाराष्ट्रको योगदा १४.२ प्रतिशत छ । त्यसपछि तमिलनाडु ९.२ प्रतिशत र उत्तरप्रदेश ८.२ प्रतिशत छ । योअनुसार कुल भारतीय प्रतिव्यक्ति नोक्सानी करिब २७ हजार भारु हुन आउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया