Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन


नयाँ दिल्ली, भदौ १६
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ । झण्डै एक महिनाअगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत थिए । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् । उनी केही दिनदेखि अचेत अवस्थामा थिए । उनको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए । उनका छोरा तथा पूर्वसांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत पिता मुखर्जीको निधन भएको जानकारी दिएका छन् ।

उनले ट्विटमा लेखेका छन्, ‘भारी हृदयका साथ यो जानकारी गराउन बाध्य छु कि मेरा पिता प्रणव मुखर्जी अब हामीबीच रहनुभएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सबै शुभेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

उनी भारतको १३औँ राष्ट्रपति भएका थिए । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुपहिले भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत भएका थिए । उनको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उनकी श्रीमती सुभ्रा मुखर्जीको भने उनी राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x