Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफ्लिपकार्टले भारतमा ७० हजारलाई रोजगारी दिने

फ्लिपकार्टले भारतमा ७० हजारलाई रोजगारी दिने


नयाँ दिल्ली, भदौ ३१
अमेरिकी सुपरमार्केट कम्पनी वालमार्टको स्वामित्व रहेको इ–कमर्स कम्पनी फ्लिपकार्टले चाडबाड सुरु हुनुअघि उसको बिग बिलियन डेज बिक्रीका बेला भारतका ७० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी र लाखौँ मानिसलाई अप्रत्यक्ष रोजगारी दिने भएको छ । बेंग्लोरमा रहेको कम्पनीले आफ्नो आपूर्ति शृंखलामा प्रत्यक्ष रोजगारीको अवसर मिल्ने बताएको हो । यसका साथै खुद्रा पसल र बिक्री साझेदार केन्द्रमा अप्रत्यक्ष रोजगारी पनि मिल्नेछ ।

मंगलबार कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार चाडबाडको बेला क्षमता, भण्डारण, प्याकेजिङ, मानव संसाधन, प्रशिक्षण र वितरणका लागि धेरै लगानी हुने र चाडबाडको बेला अतिरिक्त रोजगारी पैदा गर्न सहयोग पुग्ने बताइएको छ । फ्लिपकार्टका वरिष्ठ उपाध्यक्ष अमितेश झाले अहिले कम्पनी प्रभावशाली साझेदार बनाउनेतिर लागेको बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया