Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु

भारतमा कोरोना संक्रमित ६० लाख नजिक, ९४ हजारको मृत्यु


नयाँदिल्ली  ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार छ सय जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार एक सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ । मन्त्रालयका अनुसार ९ लाख ५६ हजार चार सय दुई जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार छ सय २८ जना निको भएका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ । यहाँ २ लाख ६९ हजार पाँच सय ३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार आठ सय एक जना, आन्ध्र प्रदेशमा ६५ हजार सात सय ९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तामिल नाडू राज्यमा ४६ हजार तीन सय ३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया