Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंक्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाइ

संक्रमित अत्याधिक भएपछि रुसको राजधानीमा अझ कडाइ


मस्को ।
रुसको राजधानी मस्कोमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या बढ्दै गएपछि केही कडा प्रवन्धहरु लागू गरिएको छ । विषेश गरेर सवै बारहरु, क्लबहरु र नृत्य गृहहरु भित्र अपनाइनेगरी कडा प्रवन्धहरु लागु गरिएको मस्कोका मेयर सेर्गेइ सोब्यानीनले बिहीबार जानकारी दिए । त्यहाँका हरेक कर्मचारी तथा आगन्तुकहरुको सम्पर्क नम्बर लेख्नु पर्नेलगायतका व्यवस्थाहरु गरिएको उनले बताए । आवतजावत गरेका व्यक्तिहरुले आफ्नो आवतजावत सम्वन्धी विवरण र विषेश सम्पर्क नं. ७३७७ मा पठाउन निर्देशन पनि दिइएको छ ।

कुनै व्यक्तिलाई कोरोनाभाइरसको नयाँ संक्रमण देखिएमा उसको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न र उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सजिलो हुने अपेक्षाका साथ यस्तो व्यवस्था गरिएको उनको भनाइ छ । रुसमा पछिल्लो २४ घण्टामा मात्रै थप १३ हजार ७५४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या भने कम हो । अघिल्लो दिन बुधबार २४ घण्टामा १४ हजार २३१ जना संक्रमित भएका थिए ।

अधिकारीहरुका अनुसार रुसमा अहिलेसम्म १३ लाख ५४ हजार १६३ जना संक्रमित भएका छन् । यो विवरण देशको ८५ क्षेत्रकै हो । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । अघिल्लो दिन बुधबार २३९ जनाको मत्यु भएकोमा बिहीबार २८६ जनाको मृत्यु भएको छ ।

रुसमा कोरोनाका कारण अहिलेसम्म कुल २३ हजार ४९१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो एक दिनमा मात्रै रुसमा आठ हजार ३९२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेका छन् । रुसमा अहिलेसम्म दश लाख ४८ हजार ९७ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया