Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छ’

‘मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छ’


नयाँ दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । उनले सबै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक वृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे ।

‘पछिल्लो ६/७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ’, उनले भने । प्रधानमन्त्री मोदीले यी सबै क्षेत्रले देशको आर्थिक वृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए ।

मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सबै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे । ‘यस दशकमा हामीले देशको सबै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ’, उनले भने । उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पु¥याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे ।

सबै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए । अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए । देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सीप, पुनर्सीप र सीपको वृद्धिमा जोड दिनुपर्ने बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया