Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ अर्थतन्त्र लयमा फर्किने संकेत

चिनियाँ अर्थतन्त्र लयमा फर्किने संकेत


बेइजिड. ।
नोभेम्बर महिनाको चीनको प्रमुख आर्थिक सूचकहरुले महामारीपछिको चिनियाँ अर्थतन्त्र सुधारको लयमा फर्किने देखाएका छन् । मंगलबार सार्वजनिक गरिएको आर्थिक सूचकहरुले विश्वका अरु देशको तुलनामा वृद्धिदर, उपभोग र लगानी सामान्य अवस्थामा फर्किरहेको देखिएको हो ।

एक वर्षअघि चीनकै वुहान सहरबाट विश्व महामारी कोरोना भाइरसको संक्रमण पहिलोपटक देखिएको थियो । त्यसयता महामारी रोक्न विश्व नै लकडाउनको अवस्थामा पुग्दा विश्वकै अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ । अधिकांश देशमा महामारी अझै डरलाग्दो अवस्थामा भए पनि चीनले लगभग नियन्त्रणमा लिइसकेको छ । महामारी अन्त्यसँगै चीनमा आर्थिक क्रियाकलाप सामान्य अवस्थामा फर्किँदा चीनको आर्थिक परिदृश्य सामान्य अवस्थामा फर्किरहेको देखिएको हो ।

सिन्ह्वाका अनुसार रिटेल र लगानी जो आर्थिक वृद्धिदरको मुख्य यन्त्र हुन् दुवैले राम्रो गति लिएका छन् । नोभेम्बर महिनामा बजार संस्था र रोजगारीका क्षेत्रले पनि बलियो प्रस्तुति देखाएको नेशनल ब्युरो अफ स्टाटिष्टिक्सले जनाएको छ । उक्त महिना उपभोग्य सामानको बिक्री वर्षगत तुलनामा नोभेम्बरमा ५ प्रतिशतले बढेको छ । अक्टोबरमा यस्तो दर ४.३ प्रतिशत थियो । यो वर्षको अगष्टयताको यो राम्रो नतिजा हो ।

त्यस्तै फिक्स्ड एसेट इन्भेष्टमेन्ट पछि पहिलो ११ महिनामा २.६ प्रतिशतले बढेको छ । वर्षगत तुलनामा पहिलो १० महिनामा शून्य दशमलव ८ प्रतिशतले बढी हो । जनवरी–नोभेम्बर अवधिमा निजी क्षेत्रको लगानी शून्य दशमलव २ प्रतिशतले बढेको छ । यो वर्षको यो पहिलो वृद्धि हो । त्यस्तै सहरी बेरोजगारी दर ५.२ प्रतिशत रहेको छ । ब्युरोका प्रवक्ता फु लिंघुईले यसले अर्थतन्त्र बलियो बनिरहेको देखाएको बताए ।

उनले तेस्रो त्रैमासिकमा भन्दा चौथोमा द्रुतरुपमा वृद्धिदर हासिल भएको बताए । उत्पादन र माग समेत तीव्र गतिमा बढिरहेको सूचकहरुले देखाएका छन् । ‘यी सबैलाई हेर्ने हो भने विश्वमा चीन यो वर्ष सकारात्मक आर्थिक वृद्धिदर हासिल गर्ने एक्लो राष्ट्र हुनेछ’, उनले भने, ‘आर्थिक क्रियाकलाप सामान्य अवस्थामा फर्किएको कारण यो वर्ष राम्रो आर्थिक वृद्धिदर प्राप्त हुने आशा गर्न सकिन्छ ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया