Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचिनियाँ एफडीआई परियोजना १५.५ प्रतिशतले वृद्धि

चिनियाँ एफडीआई परियोजना १५.५ प्रतिशतले वृद्धि


बेइजिङ, पुस १७
चीनले सन् २०१९ मा प्रत्यक्ष वैदेशिक लगानीमा उल्लेख्य प्रगति भएको जनाएको छ । वाणिज्य मन्त्री झोंग सानका अनुसार गत वर्षको पहिलो ११ महिनामा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित परियोजनाको संख्या ७ सय २२ वटा पुगेको छ । वर्षगत तुलनामा यो १५.५ प्रतिशतले वृद्धि हो । बेइजिङमा आयोजित एक सम्मेलनमा उनले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।

जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा ३६ हजार ७ सय ४७ वटा नयाँ एफडीआई परियोजना थपिएका हुन् । उक्त अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ६ प्रतिशतले विस्तार भएर ८ खर्ब ४५ अर्ब चिनियाँ युआन पुगेको छ । सन् २०१९ को सुरुमै चीनले एफडीआईसँग सम्बन्धित नयाँ कानुन र नियम लागू गरेको थियो । यसले गर्दा व्यावसायिक वातावरणमा सुधार भएको जनाइएको छ । सन् २०२० मा एफडीआई अझै बढ्ने बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया