ब्रिटिश एयरवेजले आगामी वर्ष १५ लामा रुटमा उडान नगर्ने

लन्डन ।
बेलायती ध्वजावाहक ब्रिटिश एयरवेजले अर्को वर्ष १५ लामा रुटमा उडान नगर्ने भएको छ । महामारीका कारण धेरैजसो एयरलाइन्सहरुले कर्मचारी कटौतीसँगै उडान गन्तव्य घटाइरहेका बेला ब्रिटिश एयरवेजले यस्तो निर्णय लिएको हो । कम्पनीले उत्तर अमेरिकाको पिट्सबर्ग, क्याल्गरी र चाल्स्र्टन, एसियाको सोल, क्वालालम्पुर र ओसाकामा पनि उडान नगर्ने निर्णय गरेको छ ।
त्यस्तै द सिसिली पनि उडान गन्तव्यबाट हटेको छ । त्यस्तै मस्कट, जेद्दा र आबुधाबी रुट पनि रद्द गरिएको छ । सिड्नी, बैंकक र सान जोसेमा पनि कम्पनीले २०२१ को समरसम्म उडान नगर्ने जनाएको छ । बीएले रद्द भएका गन्तव्यमा काटिसकिएको टिकटको पूरै रकम फिर्ता दिइने स्पष्ट पारेको छ ।
महामारीले कम्पनीलाई नराम्रो असर गरेको यसअघि नै कम्पनीले बताउँदै आएको थियो । लकडाउन, यात्रा प्रतिबन्धजस्ता महामारी रोक्न विभिन्न देशले चालेका कदमले हवाइ क्षेत्रमा ठूलो आर्थिक नोक्सानी भएको छ । यो वर्षको आधाआधीसम्म कम्पनीले चार अर्ब पाउन्ड स्टर्लिङ नोक्सानी व्यहोरिसकेको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया