विमान आपूर्तिमा एयरबसले बोइङलाई उछिन्यो
पेरिस, पुस १७
युरोपेली विमान निर्माता एयरबसले सन् २०११ यता पहिलोपटक अमेरिकी विमान निर्माता बोइङलाई विमान आपूर्तिमा उछिनेको छ । रोयटर्सका अनुसार एयरबस आठ वर्षयता पहिलोपटक ठूलो विमान निर्माता कम्पनी भएको हो । कम्पनीले सन् २०१९ मा ८ सय ६३ वटा विमान आपूर्ति गरेको छ । यो अनुमान गरिएभन्दा धेरै हो ।बोइङका ७३७ म्याक्स श्रेणीका विमानमा सफ्टवेयर समस्या देखिएपछि व्यवसाय नै खस्किएका बेला प्रतिस्पर्धी कम्पनीले पछाडि छोडेको बताइएको छ ।
विमान निर्माताहरुको बजार हिस्सामा पकड जमाएको एयरबसले ८ सय ६० वटा जेट बजार पठाउने लक्ष्य राखेको थियो । कम्पनीले सन् २०१८ मा ८ सयवटा विमान आपूर्ति गरेकोमा सन् २०१९ मा ७.९ प्रतिशतले वृद्धि गरेको हो । निर्मित विमान आपूर्तिपछि विमान निर्माता कम्पनीले अधिकांश आम्दानी गर्ने गरेका छन् । बोइङले जनवरी र नोभेम्बरको बीचमा ३ सय ४५ वटा जेट आपूर्ति गरेको थियो । जुन सन् २०१८ को सोही अवधिभन्दा कम हो । उक्त अवधिमा कम्पनीले ७ सय ४ वटा विमान आपूर्ति गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया