एप्पलको क्यालिफोर्निया र बेलायतका स्टोरहरु अस्थायी रुपमा बन्द

अमेरिका ।
एप्पल इन्कले क्यालिफोर्नियाका ५३ वटा स्टोरहरु अस्थायी रुपमा बन्द गरेको छ । बेलायतमा १६ वटा स्टोरहरु पनि अस्थायी रुपमा बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको अर्को लहर सुरु हुनथालेपछि कम्पनीले स्टोरहरु बन्द गरेको रोयटर्सले जनाएको छ ।
यसबारे कम्पनीले शुक्रबार जानकारी दिएको हो । यो समाचारपछि कम्पनीको सेयर मूल्य केही घटेको थियो । यद्यपि माग गरिसकेका उपभोक्ताले भने उत्पादन लिन सक्ने एप्पलका एक प्रवक्ताले जानकारी दिएका छन् । तर बन्द स्टोर पुनः कहिले खुल्छन् भन्नेबारे कम्पनीले केही बताइसकेको छैन ।
अमेरिकामा पछिल्लो समय संक्रमण दर तीव्र छ । अमेरिकामा १ करोड ७४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ लाख १४ हजार जनाको मृत्यु भइसकेको छ । त्यस्तै बेलायतमा पनि प्रधानमन्त्री बोरिस जोन्सनले पुनः लकडाउन घोषणा गरिसकेका छन् । लन्डन र दक्षिणपूर्वी बेलायतमा नयााँ टायर ४ लेभलको लकडाउन घोषणा गरिएको छ । अत्यावश्यक कामका लागि बाहेक मानिसहरुलाई घरभित्रै रहन भनिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- सचेत हुँदै विदेश जाने युवा
- फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
- राजीनामा बाध्यता कि नैतिक मात्रै
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया