युरोपमा कोरोना संक्रमण बढ्नथालेपछि फेरि ओरालो लाग्यो कच्चा तेलको मूल्य

लन्डन ।
कच्चा तेलको मूल्य सोमबार तीन प्रतिशतले घटेको छ । बेलायत लगायत युरोपका केही देशमा कोरोना संक्रमण पुनः फैलिनथालेपछि गरिएको लकडाउनकाक कारण कच्चा तेलको मूल्य पुनः ओरालो लागेको हो । लकडाउनसँगै यसको मागमा समेत कमी आएको छ । रोयटर्सका अनुसार ब्रेन्ट क्रुड १.५४ अमेरिकी डलर अर्थात् तीन प्रतिशतले सस्तो भएर ५०.७२ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको छ ।
त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लुटीआई) कच्चा तेल १.४२ अमेरिकी डलर अर्थात् २.९ प्रतिशतले सस्तो भएर ४७.६८ अमेरिकी डलर प्रतिब्यारेल कायम भएको छ । लगातार सातौँ हप्तासम्म बढेको कच्चा तेल पहिलोपटक घटेको हो । ब्रेन्ट क्रुड ५० डलर प्रतिब्यारेलबाट र डब्लुटीआई ४५ डलर प्रतिब्यारेलबाट अझै सस्तो हुनसक्ने बजार विश्लेषकहरुको अनुमान छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया