युरोपेली नियामकले भन्यो– बोइङ ७३७ म्याक्स अब सुरक्षित

ब्रसेल्स ।
युरोपेली एभिएसन सेफ्टी एजेन्सी (ईएएसए)का प्रमुखले बोइङको ७३७ म्याक्सजेट उडानको लागि सुरक्षित रहेको बताएका छन् । एजेन्सीका कार्यकारी निर्देशक प्याट्रिक कीले उक्त विमानको कडा पुनर्मूल्यांकन गरेको बताउँदै विमानमा गरिएको डिजाइन परिवर्तनबारे पनि उपयुक्त अध्ययन गरेकोले अब सुरक्षामा ढुक्क भएको बताएका हुन् ।
उक्त विमान सन् २०१९ मा विश्वभर ग्राउन्डेड गरिएको थियो । इन्डोनेसिया र इथियोपियामा भएका समान प्रकृतिका दुर्घटनामा सबै ३ सय ४६ यात्रुको मृत्यु भएको थियो । यसअघि नै विमानले अमेरिका र ब्राजिलका आकाशमा उडान अनुमति पाइसकेको छ । मध्यजनवरीदेखि युरोपमा पनि यसले उडान सेवा सुरु गर्न पाउने सम्भावना बढेको छ । यो मोडलको विमान पहिलो दुर्घटना इन्डोनेसियाको समुद्री किनारामा सन् २०१८ को अक्टोवरमा भएको थियो ।
त्यसको चार महिनापछि इथियोपियामा उड्नेबित्तिकै दोस्रो दुर्घटना भएको थियो । त्योसँगै विमानको सुरक्षा प्रणालीमा समस्या पाइएको थियो । बोइङले अहिले यो विमानको सुरक्षा फिचर सफ्टवेयर परिवर्तन गरिसकेको छ । इथियोपियाको दुर्घटनापछि ईएएसएले जरैदेखि यो विमानको अध्ययन अनुसन्धान गर्दै आएको छ । उसले डिजाइनको पनि सूक्ष्म अध्ययन गरिसकेको छ । यसबाहेक अमेरिकी फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले पनि अध्ययन गरिसकेको छ । कीले के कारणले दुई दुर्घटना भएको हो, ती सबैको सूक्ष्म अध्ययन गरिएको बताए ।
साथै सबै मेसिनरी पुर्जाको अध्ययन भएको उनको भनाइ छ । अब पुनः यो मोडलका विमान सेवामा फर्किन पुराना विमानमा नयाँ कम्प्युटर सफ्टवेयर जोड्न आवश्यक रहेको छ । त्यस्तै कम्पनीले वाइरिङ र ककपिटको इन्स्ट्रुमेन्टेसन पनि परिवर्तन गर्नुपर्ने बतााइएको छ । यसबाहेक पाइलटले पनि अनिवार्य तालिम लिनुपर्नेछ । ग्राउन्डेड सबै विमानको परीक्षण उडानपछि मात्रै सेवामा फर्किन पाउनेछ । अमेरिकामा पनि नियामकीय निकायले सोही प्रकृतिको नियम अनुसरण गरी सेवामा फर्किन अनुमति दिएको थियो ।
ताजा अपडेट
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया