होन्डाले उत्तरप्रदेशमा रहेको कारखाना बन्द ग¥यो
दुई गाडीको उत्पादन बन्द

नयाँ दिल्ली।
होन्डा कार्स इन्डिया लिमिटेडले बुधबार उत्तर प्रदेशको ग्रेटर नोएडामा रहेको आफ्नो कारखाना औपचारिक रुपमै बन्द गर्ने घोषणा गरेको छ । सवारीसाधन कम्पनी होन्डाको सन् १९९७ यता सुचारु कारखाना बन्द गर्ने निर्णयलाई कम्पनीको पुनर्संरचना गर्ने प्रयासको एक अंगको रुपमा हेरिएको छ ।
ग्रेटर नोएडा काराखाना बन्दसँगै अब कम्पनीको सीआरभी र सिभिक मोडलको उत्पादन पनि नहुने भएको छ । दुवै मोडलका कारहरु यही कारखानामा हुँदै आएका थिए । कम्पनीले जारी गरेको वक्तव्यमा उत्पादन र आपूर्ति शृंखलाको क्षमताको लाभ उठाएर परिचालनलाई टिकाउ बनाउन कम्पनीले घरेलु बिक्री तथा निर्यातलाई लिएर राजस्थानको टापुकारामा रहेको कारखानालाई अझै सशक्त बनाउने जनाएको छ । यद्यपि मुख्य कार्यालयको काम, सवारीसाधन, दुईपांग्रेको लागि देशमा अनुसन्धान र विकास केन्द्र तथाा पार्टपुर्जासँग सम्बन्धित कार्य भने ग्रेटर नोएडाबाट पहिलेजसरी नै हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष तथा मुख्य अधिकाराी गाकु नाकानिसीले पछिल्लो तीन महिनादेखि बिक्री वृद्धि भए पनि कुल मिलाएर अहिलेको बजार अवस्था अनिश्चित बनेको बताए । उनले कोरोनाका कारण आफ्नो स्थिति सुदृढ राख्न बाध्य भएको बतााए । साथै कम्पनीको टापपुकारा कारखानालाई एकीकृत बनाएर उत्पादन गतिविधिलाई मजबुत बनाउने कम्पनीले यस्तो फैसला लिएको बताए ।
कम्पनीले बजार अवस्थामा क्रमशः सुधार आउने आशा गरेको पनि बताएको छ ।ग्रेटर नोएडाको उत्पादन क्षमता एक लाख युनिट प्रतिवर्ष रहेको थियो । त्यस्तै टापुकाराको क्षमता १ लाख ८० हजार युनिट रहेको छ । राजस्थानमा रहेको टापुकारा कारखानामा ५५ सय कर्मचारी कार्यरत छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- महालक्ष्मी विकास बैंकद्वारा पोशाक वितरण
- ज्योति विकास बैंकद्वारा स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
- सिटिजन्स बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसेसबीच छुट सम्झौता
- सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
- जनउत्थान लघुवित्तले कमायो दुई करोड ७४ लाख
- बेइजिङको अनुसन्धानमा परेपछि ज्याक माले गुमाए चिनियाँ धनीको उपाधि
- बम राखिएको हल्लापछि ताजमहल बन्द
- बंगलादेशको निर्यातमा कोरोना महामारीको असर
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- इन्टिग्रिटी आइकन २०२० सार्वजनिक
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
तपाईको प्रतिक्रिया