संयुक्त राष्ट्रसंघले भन्यो – नयाँ वर्षलाई ‘उपचारात्मक वर्ष’ बनाऔं

संयुक्त राष्ट्रसंघ ।
कोरोनाभाइरसका कारण संकटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देशमार्फत आह्वान गरेका हुन् । नयाँ वर्षको अवसरमा शुभकामना सन्देशसहितको भिडियो सन्देशमा उनले महामारीका विरुद्धमा सँगसगै लड्नुपर्नेमा जोड दिएका छन् ।
‘आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अवरोध तथा समस्याहरुको सामना पनि गरौँ’, उनले भिडियोमा भनेका छन् । सन् २०२० भरी कोरोनाभाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । कोरोनाभाइरसका कारण अहिलेसम्म संसारभरि १७ लाख ८३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने
- नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया