गोसन भागेपछि जापानी अध्यागमनमा कडाइ
टोक्यो, पुस २१
जापानले आइतबारदेखि अध्यागमनमा थप कडाइ गरेको छ । सवारीसाधन निर्माता निसान कम्पनीका पूर्वप्रमुख कार्लोस गोसनले जापानी अधिकारीको आँखा छल्दै देश छोडेपछि जापानले अध्यागमनमा थप कडाइ गरेको हो । गोसन धरौटीमा रिहा भएको समयमा जापान छोडेर अघिल्लो हप्ता मंगलबार लेबनान पुगेका थिए । जापानी कानुनमाथि प्रश्न उठाउँदै उनी फरार भएका हुन् ।
गोसन टोक्योमा सन् २०१८ नोभेम्बरमा पक्राउ परेका थिए । उनीमाथि धेरै अभियोगमा मुद्दा चलिरहेको छ । जापानी न्यायमन्त्री मासाको मोरीले गोसनको बहिर्गमनलाई निकै चिन्ताजनक भन्दै उनले देश छाडेको कुनै रेकर्ड नभएको बताएकी छिन् । उनले अनुसन्धान जारी रहने बताउँदै गोसनलाई समाउन अन्तर्राष्ट्रिय प्रहरी संगठनमार्फत प्रयास भइरहेको समेत बताएकी छिन् । गोसन भागेपछि अदालतले उनको धरौटी जफत गरेको पनि बताइएको छ ।
गोसनविरुद्ध मुद्दा हाल्ने कानुन अधिकारकर्मीले भने जापानको न्यायिक प्रणालीको पक्षमा वक्तव्य निकालेका छन् । यद्यपि जापानले गोसनलाई पुनः जापान ल्याउन कस्तो कदम चाल्छ भन्ने खुलेको छैन । जापानले अमेरिका र दक्षिण कोरियासँग मात्रै सुपुर्दगी सन्धि गरेको छ । सोही कारण गोसनलाई जापान ल्याउन जापानलाई अप्ठ्यारो पर्नसक्छ । जापानी मन्त्रीले टोक्योमा सोमबार पत्रकारहरुसँग सानो अन्तर्क्रियाका क्रममा उक्त कुरा बताएको रोयटर्सले जनाएको छ । यसैबीच, लेबनानले इन्टरपोलमार्फत गोसनलाई समाउन आएको सूचना प्राप्त भएको छ । तर लेबनानले भने उनी कानुनी रुपमै उनी लेबनान प्रवेश गरेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया