इरान–अमेरिका तनावले खाडी देशका सेयरबजार ओर्लिए
दुबई, पुस २१
गत शुक्रबार अमेरिकी सेनाको कारबाहीमा इरानी कुद्स सेनाका प्रमुख कमान्डर मारिएपछि बढेको इरान–अमेरिकाको तनावसँगै खाडी देशका सेयरबजार ओरालो लागेका छन् । आइतबार कुवेती र साउदी सेयरबजारमा गिरावट आएको छ । शुक्रबार इरानी कमान्डरलाई अमेरिकी सेनाले इराकको बग्दादमा ड्रोनबाट रकेट आक्रमण गरी मारिदिएपछि यस क्षेत्र अहिले अशान्त अवस्थामा छ ।
रोयटर्सका अनुसार सोही कारण ठूलो तेल उत्पादनकर्ता साउदी अराम्कोको सेयर आईपीओ जारी भएयताकै न्यूनविन्दुमा झरेको छ । कम्पनीको सेयर १.७ प्रतिशतले घटेको हो । गत महिना प्रथम सार्वजनिक निष्काशन गरेको कम्पनीको सेयर प्रतिकित्ता ३४.५५ रियाल पुगेको छ । इरानी सेनाको विदेश हेर्ने महत्वपूर्ण जिम्मेवारी पाएका कासिम सुलेमानीको मृत्युसँगै इरानले अमेरिकाविरुद्ध बदलाको धम्की सुरु गरेका कारण खाडी क्षेत्र थप अस्थिर बनेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
सोही कारण कुवेती सेयरबजार पनि ४.१ प्रतिशतले घटेको छ भने साउदी सेयरबजारमा २.२ प्रतिशतको गिरावट देखिएको छ । दुवईको सेयरबजार पनि ३.१ प्रतिशतले घट्दा पोपर्टी फर्म एमार प्रोपर्टीको सेयर ३.७ प्रतिशतले घटेको छ । त्यस्तै आबुधाबी सूचक पनि १.४१ प्रतिशतले गिरावट भएको छ । त्यस्तै बैंकहरुको सेयर पनि घटेको छ । अल राझी बैंकको सेयर २ प्रतिशतले घट्दा साम्बा फाइनान्सियल ग्रुपको ३ प्रतिशतले गिरावट आएको छ । पछिल्लो तनावले विश्वबजारमा तेल, सुनलगायतका वस्तुमा मूल्य वृद्धि हुनसक्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया