Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनाइजेरियाकी इविलालाई विश्व व्यापार संगठन हाँक्ने बाटो खुल्ला

नाइजेरियाकी इविलालाई विश्व व्यापार संगठन हाँक्ने बाटो खुल्ला


अमेरिका ।
पछिल्लो समय विवादमा मुछिएको विश्व व्यापार संगठनमा नाइजेरियाकी गोजी ओकोन्जो इविलाले पहिलो अफ्रिकी तथा पहिलो महिला प्रमुख बन्ने बाटो खुल्ला भएको छ । उनकी दक्षिण कोरियाली प्रतिस्पर्धी यू म्युंग हीले शुक्रबार दाबी छोडेपछि र अमेरिकाले आफ्नो यसअघिको अडानबाट पछि हटेपछि इविलाको बाटो खुल्ला भएको एजेन्सीहरुले जनाएका छन् ।

ट्रम्प प्रशासन गएसँगै नयाँ राष्ट्रपति जो बाइडेनले उनको नेतृत्वलाई बलियो समर्थन गरेका हुन् । बाइडेनले विश्व बैंक तथा नाइजेरियामा अर्थ मन्त्रालयमा दक्षता हासिल गरेको भन्दै समर्थन गर्ने घोषणा गरेका थिए । यी दुई घटनाक्रमसँगै महिनौँदेखिको विश्व व्यापार संगठनको अनिश्चितताको पनि अन्त्य भएको छ ।

अब डब्लुटीओका सदस्यहरुले इविलालाई संस्थाको महानिर्देशकमा चयन गर्ने प्रक्रिया थाल्नेछ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनको नेतृत्व दाबी रोक्दै आएको थियो । गत वर्ष अक्टोबरमा उनलाई डब्लुटीओको छनोट समितिले प्रमुखमा प्रस्ताव गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया