Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार२४ अर्ब ७० करोड डलर दानमै

२४ अर्ब ७० करोड डलर दानमै


अमेरिका ।
संयुक्त राज्य अमेरिकामा गत वर्ष धेरै दान गर्ने सर्वाधिक ५० जनाको सूची सार्वजनिक भएको छ । क्रोनिकल अफ फिलान्थ्रोपिज एनुअल -यांकिङका अनुसार धेरै दान गर्नेमा अमेरिकी अर्बपतिहरु जेफ बेजोस र माइकल ब्लुमबर्ग पनि परेका छन् । बेजोसले बेजोस अर्थ फन्डका लागि १० अर्ब डलर दान गरेका हुन् । गत हप्ता मात्रै सामाजिक कार्य र अन्य परियोजनामा काम गर्नका लागि अमेजनको सीईओ पदमा नबस्ने घोषणा गरेका उनले फिडिङ अमेरिकालाई मात्रै १० करोड डलर दिएको बताइएको छ । फिडिङ अमेरिकाले २ सय बढी फुडबैंकलाई आपूर्ति गर्ने संगठन हो ।

एपीका अनुसार ५० मध्ये दोस्रो नम्बरमा भने बेजोसकै पूर्वपत्नी म्याकेन्जी स्कट छिन् । उनले सन् २०२० मा ५.७ अर्ब डलर दानमा खर्चिएकी छिन् । उनले विभिन्न क्षेत्रका ५१२ संगठनलाई दान गरेकी हुन् । यो सूचीमा ट्विटरका ज्याक डोर्से पनि पाँचौँ नम्बरमा परेका छन् । उनले १ अर्ब १० करोड डलर दानमा खर्च गरेका छन् । यसबाहेक द फाइनान्सियर चार्ल्स स्क्वाब र उनकी श्रीमती हेलेनले ६ करोड ५० लाख डलर दान गरेका छन् । उनीहरु २४ र १४औँ नम्बरमा छन् ।

त्यस्तै नेटफ्लिक्सका सहसंस्थापक रिड हास्टिङ र उनकी श्रमिती पेटी क्विलिनले १२ करोड डलर दान गरेका छन् । चर्चित बास्केट बल खेलाडी माइकेल जोर्डनले ५ करोड डलर दिने प्रतिबद्धता जनाएका छन् । ५० ठूला महादानीहरुले सन् २०२० मा मात्रै २४ अर्ब ७० करोड डलर दान गरेको एजेन्सीहरुले जनाएका छन् । सन् २०१९ मा भने कुल १५ अर्ब ८० करोड डलर मात्रै दानमा खर्च भएको थियो ।

त्यसो त धेरै अर्बपतिमध्ये सानो हिस्साले मात्रै रकम दान गरेका छन् । फोर्ब्स ४०० मध्ये २३ जनाले मात्रै दान गरेर यो सूचीमा अटाएका छन् । अर्बपतिहरुको तुलनामा धेरैजसो लखपतिले रकम दान गरेका छन् । क्रोनिकल वरीयता सन् २०२० मा समाजसेवीहरुले गरेको कुल दान रकमको आधारमा निर्धारण गरिन्छ । यो सूचीमा तेस्रो नम्बरमा माइकल ब्लुमबर्ग परेका छन् । उनले १ अर्ब ६० करोड डलर दान गरेको एपीले जनाएको छ ।

यस्तै चौथो नम्बरमा परेका नाइकका संस्थापक फिल र पेनिलोप नाइटले क्रमशः १ अर्ब ४० करोड र ९० करोड डलर दान गरे । वरीयताको उच्च पाँच दाताले १ अर्ब बढी दान गरेको बताइएको छ । यो रकमले मात्रै गत वर्षको कीर्तिमान तोडेको छ । अघिल्ला वर्षमा तीन दाताबाहेक कसैले पनि १ अर्ब वा सोभन्दा बढी रकम दानमा खर्चिएका छैनन् । ५० मध्ये १६ जना प्रविधि क्षेत्रका धनी छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया