Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजागुआरका कार २०२५ सम्ममा पूर्ण विद्युतीय

जागुआरका कार २०२५ सम्ममा पूर्ण विद्युतीय


लन्डन ।
जागुआर ल्यान्ड रोभरको विलासी ब्रान्ड सन् २०२५ सम्ममा पूर्ण विद्युतीय बन्ने भएको छ । सँगसँगै कम्पनीले सन् २०३० सम्ममा आफ्ना इ–मोडलहरु सार्वजनिक गर्ने भएकोा छ । सोमबार कम्पनीले शून्य कार्बन उत्सर्जन गर्ने सवारीसाधन उत्पादनको विश्व दौडमा आफूलाई पनि उभ्याउने बताएको हो ।

भारतको टाटा मोटर्सको स्वामित्वमा रहेको जेएलआरले ल्यान्ड रोभर ब्रान्डले आगामी पाँच वर्षभित्र छवटा पूर्ण विद्युतीय मोडल सार्वजनिक गर्ने जनाएको छ । पहिलो मोडल सन् २०२४ मै आउनेछ । कम्पनीको सन् १९६० र १९७० को दशकमा बनेका ई–टाइप मोडल उच्च प्रस्तुतिका लागि विश्व प्रख्यात थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया