Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकच्चा तेलको मूल्य १३ महिनायताकै उच्च

कच्चा तेलको मूल्य १३ महिनायताकै उच्च


लन्डन ।
कच्चा तेलको मूल्य १३ महिनायता बलियो देखिएको छ । एजेन्सीहरुका अनुसार मंगलबार कच्चा तेलको मूल्य नयाँ विन्दुमा पुगेको हो । कच्चा तेल उत्पादन गर्ने अमेरिकी राज्य टेक्ससले मौसमू प्रतिकूलताका कारण कच्चा तेलकोे इनार बन्द गरेपछि र नर्वेले युरोपको आपूर्ति अवरोध हटाउने एक सम्झौता गरेपछि मूल्य बढेको हो ।

यसबाहेक विश्वमा कोरोना खोप वितरण सुरु भएसँगै कच्चा तेलको माग पनि बढेको छ । मंगलबार बेन्चमार्क ब्रेन्ट क्रुड १६ सेन्टले अर्थात् शून्य दशमलव दुई प्रतिशतले घटेर ६३.१४ अमेरिकी डलर प्रतिब्यारेल पुगे पनि यो गत वर्ष जनवरीयता उच्च विन्दुमै रहेको छ ।

त्यस्तै अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लुटीआई) ३३ सेन्ट प्रतिब्यारेल बढेर ५९.८० डलर पुगेको छ । अमेरिकामा चिसो बढेसँगै टेक्सस राज्यले तेलको इनार र प्रशोधनगृह समेत सोमबार बन्द भएको थियो । टेक्ससले प्रतिदिन ४६ लाख ब्यारेल तेल उत्पादन गर्छ भने त्यही राज्यमा ३१ प्रशोधनगृह छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया