Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर कोरियामाथि फाइजर खोपको तथ्यांक चोर्न खोजेको आरोप

उत्तर कोरियामाथि फाइजर खोपको तथ्यांक चोर्न खोजेको आरोप


सोल ।
उत्तर कोरियामाथि अमेरिकी र जर्मन कम्पनीले विकास गरेको कोरोना खोपको प्रविधि चोर्न खोजेको आरोप लागेको छ । प्योङयाङले अमेरिकी औषधि कम्पनी फाइजरको खोप प्रविधि चोर्ने प्रयास गरेको दक्षिण कोरियाली जासुसी अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

डाटा चोरे/नचोरेको भने स्पष्ट नभएको बताइएको छ । दक्षिण कोरियाको नेशनल इन्टेलिजेन्स एजेन्सीले यससम्बन्धी विवरण सांसदहरुले सुटुक्क ब्रिफिङ गरेको समाचार संस्था योनहापले जनाएको छ । फाइजरले यसबारे प्रतिक्रिया दिएको छैन भने उत्तर कोरियाले अहिलेसम्म पनि संक्रमित भएको बताएको छैन ।

यद्यपि उत्तर कोरियाले २० लाख अस्ट्राजेनेकाको खोप पाउँदै छ । गत वर्ष जनवरीमा उत्तर कोरियाले आफ्ना सीमा नाका बन्द गरेको जनाएको थियो । गत नोभेम्बरमा नै माइक्रोसफ्टले फाइजरसहित नौ स्वास्थ्य संस्थालाई उत्तर कोरिया र रुसका ह्याकरले निशाना बनाएको चेतावनी दिएको थियो ।

उसले उत्तर कोरियाली समूह जिंक र सेरियम तथा रुसी समूह फेन्सी बियरले निशाना बनाइरहेको बताएको थियो । तर रुसले भने अरु देशको खोप अनुसन्धानलाई निशाना बनाएको समाचारको खण्डन गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया