ठूला अर्थतन्त्र भएका देशहरु भन्छन्– मिलेर काम गर्नुपर्छ

लन्डन ।
विश्वका ठूला अर्थतन्त्र भएका देशहरु जि ७ का सदस्य राष्ट्रहरुले जी २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् । ती देशहरुले विश्वका कैयौँ समस्याहरुसँग सँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।
यस संगठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्धाहरुमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गरेको यस बैठकमा सहभागी भएका जि ७ का नेताहरुको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
‘जी ७ का हामी सदस्य राष्ट्रहरु सम्मिलित बैठक आज (शुक्रबार) भर्चुअल बिधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरुको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ’, जी ७ द्वारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पु-याएको क्षतिको पनि पुनर्निर्माण गर्ने गरी मिलेर काम गर्नेछौँ ।’
सो जी ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमनत्री बोरिस जोन्सनले गरेका थिए । सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।
हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो । यस जी ७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस संगठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गरेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इलामको चिया र दार्जेलिङको चर्चा
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
- राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया