Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंसारमा थपिए छ सय १० नयाँ अर्बपति

संसारमा थपिए छ सय १० नयाँ अर्बपति

६८ देशमा बस्छन् ३ हजार २ सय २८ अर्बपति


बेइजिङ ।
कोरोनाले पिरोलेको वर्ष २०२० मा संसारभर छ सय १० नयाँ अर्बपति बनेका छन् । कोरोना महामारीका बाबजुद चीनमा एकैवर्ष ३ सय १८ जना नयाँ अर्बपतिको उदय भएको हो । ‘हुरुन ग्लोबल रिच लिस्ट २०२१’ले गत वर्ष थपिएको अर्बपतिबारे खुलासा गरेको हो । यसअनुसार ३ सय १८ जना चीनका र ९५ जना अमेरिकाका रहेका छन् ।

गत जनवरी १५ मा भएको मूल्यांकनका आधारमा तयार भएको रिपोर्ट सार्वजनिक भएको हो । रिपोर्टअनुसार धेरै अर्बपति भएको देशमा चीनले अमेरिकालाई पछि पारेको छ । यसअनुसार गत वर्ष चीनमा एक हजार ५८ डलर अर्बपति रहेकामा अमेरिकामा केवल ६ सय ९६ जना मात्रै यस्ता अर्बपति छन् ।

सेयरबजारमा हरियाली छाउनु, कम्पनीहरुको सूचीकरण बढ्नु र कोरोनाबाट उम्किनसक्नुलाई यसको कारण मानिएको हुरुन रिपोर्टका प्रमुख तथा अनुसन्धान प्रमुख रुपर्ट हुगेवर्फले बताए । दशकौँपछिको सार्वजनिक स्वास्थ्य संकटले अर्थतन्त्रमा गम्भीर प्रभाव पार्दा धनीहरु अझै धनी भएका छन् । केही उच्च धनीहरुको ०.०१ प्रतिशत सम्पत्ति ३२ प्रतिशतले बढेर १ सय ४७ खर्ब डलर पुगेको रिपोर्टले देखाएको छ ।

उनीहरुको वरीयता समेत बढेको छ भने ६८ देशमा दुई हजार चार सय दुई कम्पनीमा तीन हजार २ सय २८ डलर अर्बपति पुगेको रिपोर्टले देखाएको छ । चीनमा ठूला अर्बपतिको मुख्य ध्यान खिच्ने १० मुख्य सहरमध्ये चीनमै ६ वटा छन् । त्यसमा पनि चिनियाँ राजधानी सहर बेइजिङ लगातार छैठौँ वर्ष १ सय ४५ अत्यधिक धनीको गृहसहर बनेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको सांघाईमै १ सय १३ अर्ब पति छन् भने अमेरिकी सहर न्युयोर्कमा १ सय १२ जना, चीनको शेन्जेनमा १ सय ५ जना र हङकङमा ८२ अर्बपति छन् ।

रिपोर्ट तयार हुने बेला टेस्लाका मालिक एलन मस्क विश्वकै धनी सय अर्ब बढी सम्पत्ति भएका अर्बपति बनेका थिए । सन् २०२० मा टेस्लाको सेयर ६ सय २२ प्रतिशतले बढेको थियो । त्योसँगै मस्क १ खर्ब ९७ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अनुमान गरिएको थियो । जुन अमेजनका संस्थापक जेफ बेजोसको १ खर्ब ८९ अर्ब डलरभन्दा धेरै थियो ।

अर्बपति क्लबका नयाँ अतिथि नोङ्फु स्प्रिङका प्रमख तथा संस्थापक झोंग शान्सानसँग नै ८५ अर्ब डलर सम्पत्ति रहेको छ । उनी सर्वाधिक धनीको सातौँ नम्बरमा छन् । उनको कम्पनीले हङकङको सेयरबजारमा आईपीओ जारी गरेको थियो । त्योसँगै कम्पनीको पुँजी ८७ अर्ब डलर पुगेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया