बंगलादेशको निर्यातमा कोरोना महामारीको असर

ढाका ।
दक्षिण एसियाली देश बंगलादेशको निर्यातबाट हुने आम्दानीमा कोरोनाको असर देखिएको छ । स्थानीय मिडियाहरुका अनुसार यस्तो आम्दानीमा ३.९२ प्रतिशतको गिरावट देखिएको हो ।
वर्षगत तुलनामा उक्त दरले आम्दानी घटेर तीन अर्ब १९ करोड अमेरिकी डलरमा झरेको छ । वस्तुहरुको शिपमेन्नट घटेपछि निर्यातमा असर परेको हो । कोरोना महामारीपछि सबैजसो क्षेत्र ठप्पप्रायः भएका थिए । डेलीस्टार अनलाइनका अनुसार फेब्रुअरीमा किनबेच गरिने वस्तुहरुको शिपमेन्ट ४.८३ प्रतिशतभन्दा तल रहेको थियो । उक्त महिनामा तीन अर्ब ३५ करोड डलरको निर्यात लक्ष्य राखिएको थियो ।
बंगलादेशको निर्यात प्रवर्द्धन ब्युरो (ईपीबी)का अनुसार गार्मेन्ट शिपमेन्टमा अझै सुधार भएको छैन । मुख्य निर्यात गन्तव्य मुलुकहरु अमेरिका र युरोपमा अहिले पनि कोरोनाको दोस्रो लहर कायमै हुँदा यी वस्तु निर्यातमा अहिले पनि असर देखिएको छ । तर बुनाउ वस्तुहरुको शिपमेन्टमा भने सुधार आएको छ ।
चालू आर्थिक वर्षको जुलाई र फेब्रुअरी अवधिमा गार्मेन्ट शिपमेन्ट ३.७३ प्रतिशतले घटेर २१ अर्ब तीन करोड डलरमा झरेको छ । उक्त अवधिमा बुनाउ वस्तु निर्यात ११ अर्ब ३४ करोड डलरको भएको थियो । यो भनेको ४.०६ प्रतिशतको वृद्धि हो । तर वोभन आइटम शिपमेन्ट भने ११.४९ प्रतिशतले घटेर आठ महिनामा नौ अर्ब ६९ करोड डलरमा झरेको छ । गार्मेन्ट निर्यात फेब्रुअरी महिनामा ७.७१ प्रतिशतले नकारात्मक रहेको छ भने बुनाउ वस्तुको निर्यातचाहिँ ५.७८ प्रतिशतले बढेको छ । त्यस्तै वोभन निर्यात १५.४७ प्रतिशतले ऋणात्मक छ ।
लेदर र यससम्बन्धी वस्तु शिपमेन्ट पनि ४.१५ प्रतिशतले घटेर ६० करोड ५६ लाख डलरको भएको छ । त्यस्तै फ्रोजन र जिउँदा माछा निर्यात १०.२८ प्रतिशतले घटेर ३३ करोड ८० लाख डलरको, फुटवेयर शून्य दशमलव २९ प्रतिशतले घटेर २१ करोड ८८ लाख डलरले र कच्चा जुट ५.९६ प्रतिशतले घटेर १० करोड ६३ लाख डलरमा झरेको छ ।
कृषि उत्पादन, विशेष टेक्सटाइल, फलफूल, सेरामिक, प्लाष्टिक, गंगटा, फर्निचर, कागजलगायतका वस्तुको निर्यात आम्दानी पनि घटेको बताइएको छ । यसका बाबजुद जुट, होम टेक्सटाइल, लेदर फुटवेयर, केमिकल वस्तु निर्यातबाट हुने आम्दानी भने बढेको बताइएको छ । यसबाहेक साइकल, ड्राइफुड, रबर, चिया, हलुका इन्जिनियरिङ वस्तु, औषधि, विद्युतीय सामान, कार्पेट र हेन्डिक्राफ्टतर्फको निर्यात आम्दानी पनि बढेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते
- मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी
- आवश्यकताका आधारमा आयोजना छनोट गर्न निर्देशन
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया