कच्चा तेलको मूल्य घट्यो इरान–अमेरिका युद्ध ट-यो
लन्डन, पुस २४
इराकमा रहेका दुई अमेरिकी सैन्य आधारशिविरमा इरानले क्षेप्यास्त्र प्रहार गरेपछि एक्कासि बढेको कच्चा तेलको मूल्यमा पुनः गिरावट आएको छ । अमेरिकाले तत्कालै प्रत्याक्रमणको संकेत नदेखाएपछि तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अमेरिकी कच्चा तेल बुधबार १.५ प्रतिशतले घटेर ६१.७५ अमेरिकी डलर प्रतिब्यारेल कायम भएको सीएनएनले जनाएको छ । मंगलबार अबेरसम्म उक्त तेल ६५.६५ डलर प्रतिब्यारेलसम्म पुगेको थियो । त्यस्तै, ब्रेन्ट क्रुड पनि शून्य दशमलव ८ प्रतिशतले घटेर प्रतिब्यारेल ६७.७० डलरमा झरेको छ । यसअघि उक्त तेल ७१.७५ डलरसम्म पुगेको थियो ।
संयुक्त अरब इमिरेट्सका ऊर्जामन्त्री सुहाइल अल मझरोईका अनुसार तेल उत्पादक राष्ट्रको समूह ओपेकले मध्यपूर्वको विवादलाई सम्बोधन गर्नेछ । ओपेकले तेल आपूर्ति नरोकिने जनाएको छ । यसैबीच बुधबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दै आफू शान्तिको पक्षमा रहेको बताएका छन्। ह्वाइटहाउसमा सम्बोधन गर्दै उनले इरान पछि हटेको बताए। योसँगै इरान– अमेरिका युद्ध टरेको छ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया