Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारवारेन बफेट एक खर्ब डलर क्लबमा प्रवेश

वारेन बफेट एक खर्ब डलर क्लबमा प्रवेश


अमेरिका ।
चर्चित अर्बपति वारेन बफेट पनि एक खर्ब डलरभन्दा धेरै सम्पत्ति भएका धनीको क्लबमा प्रवेश गरेका छन् । बीबीसीका अनुसार एलन मस्क, जेफ बेजोस र बिल गेट्ससँगै बफेट पनि जोडिएका हुन् । ९० वर्षीय बफेट लगानी कम्पनी बर्कशाइर हाथावेका प्रमुख हुन् । यो वर्ष कम्पनीको सेयर कीर्तिमानी स्तरमा बढेको छ । बुधबार पहिलोपटक बफेटको सम्पत्ति एक सय अर्ब डलर पुगेको हो । बफेटलाई अहिलेसम्मकै सफल लगानीकर्ताको रुपमा चिनिन्छ । उनले दानमै अर्बौँ डलर खर्चिसकेका छन् ।

उनी दशकौँसम्म विश्व धनी सूचीमा उच्च स्थानमा रहन सफल भएका थिए । तर अहिलेसम्म उनको सम्पत्ति एक खर्ब डलरभन्दा माथि पुगेको थिएन । यसको कारण भने उनले गरेको दानलाई मानिएको छ । बफेटले सन् २००६ यता बर्कशाइरको सेयरमा हालसम्म ३७ अर्ब डलरजति दान गरिसकेका छन् । उनी दान गर्न प्रेरित गर्ने गिभिङ प्लिज अभियानका सहसंस्थापक हुन् । यसले अर्बपतिहरुले धेरैभन्दा धेरै सम्पत्ति दान गर्न अभिप्रेरित गर्छ ।

अमेजनका जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी स्कटले पनि यसमा हस्ताक्षर गरेकी छिन् । स्कटले पनि चार अर्बभन्दा डलर गत वर्ष चार महिनामै दान गरेकी थिइन् । बफेटको कुल सम्पत्तिमध्ये छ भागको एक भाग बर्कशाइरबाटै आउँछ । यो कम्पनीको मूल्यांकन छ खर्ब डलर हाराहारी छ । यो कम्पनीको सेयर यो वर्ष मात्रै १५ प्रतिशतले बढेको छ ।

कम्पनीको एक कित्ता सेयरको मूल्य चार लाख अमेरिकी डलर छ । एप्पलमा समेत यो कम्पनीको राम्रै सेयर लगानी छ । यसबाहेक अन्य प्रविधिसम्बन्धी कम्पनीमा पनि यसको सेयर छ । बर्कशाइर बफेटले किन्नुअघि एउटा कपडासम्बन्धी कम्पपनी थियो । बफेटले सन् १९६५ मा यो कम्पनी खरिद गरेका थिए । यसका अहिले ९० भन्दा धेरै व्यावसायिक स्वामित्व रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया