साउदी अराम्कोको नाफा ४५ प्रतिशतले घट्यो

रियाद् ।
ठूलोमध्येको एक कच्चा तेल कम्पनी साउदी अराम्कोले गत वर्ष लकडाउनसँगै तेलको मागमा आाएको कमीले कम्पनीको नाफा ह्वात्तै घटेको बताएको छ । सन् २०२० मा कम्पनीको नाफा सन् २०१९ को तुलनामा करिब ४५ प्रतिशतले घटेको जानकारी दिएको हो ।
तर यसका बाबजुद पनि कम्पनीले घाटा भने व्यहोर्नु नपरेको देखिएको छ । कम्पनीले गत वर्ष ४९ अर्ब अमेरिकी डलरको नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको बीबीसीले जनाएको छ । महामारीले अँचेटे पनि कम्पनीका सेयरधनीले भने ७५ अर्ब अमेरिकी डलर बोनस पाउने भएका छन् । अराम्कोको ठूलो सेयर स्वामित्व भने साउदी सरकारसँग छ । कम्पनीका अनुसार गत वर्ष ठूलो चुनौतीपूर्ण वर्ष थियो । गत वर्ष साउदी अरेबियाले पनि अन्य देशले जस्तै उद्योगधन्दा बन्द गरेर धेरैजसो दैनिक क्रियाकलापमा कडाइ गरेको थियो । यसले ऊर्जा र इन्धनको माग समेत घटेको थियो ।
अन्य ठूला तेल र ग्यास कम्पनीहरु रोयल डच शेल र बीपीको पनि नाफा घटेको छ । यता अमेरिकी ऊर्जा कम्पनी एक्सोन मोबिलले पनि पहिलोपटक वार्षिक घाटा व्यहोर्नुपरेको छ । डिसेम्बरयता भने कच्चा तेलको मूल्य पुनः पहिलेकै अवस्थामा फर्किनथालेको थियो । कोरोनाको खोप लगाउन सुरु भएयता कच्चा तेल ब्रेन्टको मूल्य प्रतिब्यारेल ६४.५३ अमेरिकी डलरमा आइपुगेको छ ।
अराम्कोका प्रमुख कार्यकारी अमिन नासिरका अनुसार एसियामा कच्चा तेलको माग पुनः बढ्नथालेको छ भने अन्यत्र पनि सकारात्मक संकेत देखिनथालेका छन् । विश्वका सरकारहरुले अर्थतन्त्र पुनः सञ्चालन गर्दा माग अझै बढ्ने उनको भनाइ छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया