Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्वेज नहरमा अड्किएको ठूलो कन्टेनर पानीजहाज निकाल्ने प्रयास जारी

स्वेज नहरमा अड्किएको ठूलो कन्टेनर पानीजहाज निकाल्ने प्रयास जारी


इजिप्ट ।

इजिप्टको स्वेज नहरमा अड्किएको भीमकाय कन्टेनर एभर गिभन नामक पानीजहाजलाई निकाल्ने प्रयास अझै जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । १४ वटा टगबोटहरूले जहाज निकाल्ने प्रयास गरिरहेका हुन् ।

शनिबार साँझसम्म पनि यो प्रयास जारी रहेको बीबीसीले जनाएको छ । यो नहरलाई एकदमै व्यस्त मानिन्छ । त्यहाँ हुँदै मालसामान बोकेका जहाजहरू ओहोरदोहोर गरिरहन्छन् । तर यहाँ ठूलो जहाजको अघिल्लो भाग तेर्सो परेर जमिनमा गडेर बसेको छ ।

सोही कारण तीन सयभन्दा बढी जहाजहरूलाई अवरोध भएको बताइएको छ । केही जहाजहरूले अफ्रिकाको बाटो लागेका छन् । शुक्रबारसम्म २० हजार टनभन्दा धेरै बालुवा खोतलेका थिए । यो जहाज चार सय मिटर लामो छ भने २ लाख टन तौलयुक्त छ । तीव्र हावामा यात्रा गरिरहँदा जहाजलाई भिजिबिलिटी नपुग्दा जहाज स्वेज नहरको किनारमा अड्किनपुगेको हो ।

विश्वको १२ प्रतिशत व्यापार यही बाटोबाट हुन्छ । यो नहर १ सय ९३ किमि लामो छ । यसले मेडिटेरियन सि र रेड सिलाई जोड्छ । एसिया र युरोपबीचको यो एकदमै छोटो पर्ने व्यापार मार्ग हो । जहाजले बाटो अवरोध गर्दा ९ अर्ब ६० करोड डलरको दैनिक सामान यहीँ अड्किएको छ । यसले गर्दा इजिप्टलाई पनि दैनिक डेढ करोड डलरबराबर राजस्व घाटा भएको बीबीसीले जनाएको छ । अमेरिका, चीन र यूएईले जहाज निकाल्न मद्दत गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया