Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा

इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा


काठमाडौँ ।
बेलायतको चर्चित पत्रिका डेली मेल र मेलअनलाइन वेबसाइटले इन्टरनेट खोजीमा मनलागी नतिजा दिएको भन्दै अमेरिकी कम्पनी गुगलविरुद्ध मुद्दा हालेको छ ।पत्रिकाले अनलाइन विज्ञापनमा अनावश्यक नियन्त्रण गरेको र डेलीमेलका समाचारहरुको ‘डाउनग्रेडिङ’ गरेर अन्य आउटलेटको पक्ष लिएको आरोप लगाएको हो । गुगलमा पर्याप्त विज्ञापन नगर्ने प्रकाशकलाई गुगलले दण्डित गर्ने गरेको अमेरिकी कम्पनीविरुद्ध आरोप लागेको छ । तर गुगलले भने तत्कालै यसको खण्डन गरेको छ ।

सन् २०२१ मा बेलायती राजपरिवारको समाचार ‘कभरेज’लाई इन्टरनेटमा खोजी गर्दा गुगलले चलखेल गरेको पत्रिकाको दाबी छ । डेलीमेलका सम्पादक पिटर राइटले गुगलको उक्त कदम प्रतिस्पर्धाविरोधी भएको बताएको बीबीसीले जनाएको छ ।

तर गुगलकी प्रवक्ताले भने डेलीमेलको दाबी पूर्ण असत्य रहेको भन्दै खण्डन गरेकी छिन् । गुगलविरुद्ध यसै पनि अमेरिकामा यसै सम्बन्धित थुप्रै मुद्दा अमेरिकी न्याय विभाग र विभिन्न राज्यका महान्यायाधिवक्ताहरुले हालिसकेका छन् । बजारमा शक्तिको दुरुपयोग गरेको आरोपको गुगलले सधैँ खण्डन गर्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया