Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी इन्धन पाइपलाइनमा साइबर आक्रमण

अमेरिकी इन्धन पाइपलाइनमा साइबर आक्रमण


वासिङटन ।
अमेरिकी सरकारले इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आइतबार आपत्काल घोषणा गरेको छ । इन्धन पाइपलाइनमा ¥यान्समवेर साइबर आक्रमण भएको बताइएको छ ।

उक्त पाइपलाइनले प्रतिदिन २५ लाख ब्यारेल प्रतिदिन इन्धन बोक्छ । त्यसमा पूर्वी किनाराको डिजेल, पेट्रोल र जेट इन्धनको आपूर्ति पर्छ । साइबर आक्रमणपछि यसको अपरेटर शुक्रबार आफैँ अफलाइन भएको थियो । अमेरिकी सरकारले इन्धन रोडबाटै लैजान केही नियमहरु निलम्बन गरेको बताइएको छ ।

योसँगै १८ राज्यका इन्धन ड्राइभरहरुले थप घण्टा काम गर्न पाउनेछन् । उनीहरुले प्रशोधित पेट्रोलियम आपूर्ति गर्छन् । यद्यपि साइबर आक्रमणले सोमबार पम्पहरुमा इन्धन मूल्यमा भने केही फरक नपारेको बताइएको छ । तर बन्द नै भएमा भने मूल्य प्रभावित हुनसक्नेछ । टेक्सासमा रहेको रिफाइनरीमा धेरै इन्धन रहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया