Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ स्मार्टफोन निर्माता शाओमीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेनले हटाउने

चिनियाँ स्मार्टफोन निर्माता शाओमीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेनले हटाउने


वासिङटन ।
अमेरिकाले चिनियाँ स्मार्टफोन निर्माता शाओमीलाई कालोसूचीबाट हटाउने भएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगाएको प्रतिबन्ध हटाउन जो बाइडेन प्रशासन सहमत भएको सीएनएनले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय र साओमीबीच प्रतिबन्ध फुकुवाको लागि मंगलबार सम्झौता भएको अदालतमा दायर गरिएको निवेदनमा भनिएको छ । शाओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादक हो ।

राष्ट्रपति बाइडेनले गत जनवरीमा कार्यभार सम्हाल्ने अघिल्लो दिन रक्षा मन्त्रालयले शाओमीलाई कालोसूचीमा राखेको थियो । चिनियाँ सेनासँग साँठगाँठ रहेको आरोपमा कम्पनीलाई कालोसूचीमा राखिएको थियो । योसँगै अमेरिकामा कम्पनीको लगानीमाथि समेत प्रतिबन्ध लागेको थियो । तर उक्त प्रतिबन्ध लागू हुनुअगावै अमेरिकी अदालतले सरकारले चीन सेनाको नियन्त्रणमा वा स्वामित्वमा कम्पनी रहेको पर्याप्त आधार र प्रमाण दिन नसकेको भन्दै फुकुवा गरिदिएको हो । सोसँगै मंगलबार सम्झौता भएको हो । दुई पक्षबीच अब थप विवाद अघि नबढाउने सहमति भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया